चासोक तङनाम २०१६ सम्पन्न |
किरात याक्थुङ चुम्लुङ, यूएईको आयोजनामा, मिति डिसेम्बर १६, २०१६ दुबईको प्रसिद्द पार्क जाबील पार्कमा चासोक तङनामको अवसरमा चासोक तङनाम बनभोज २०१६ सम्पन्न भएको छ | उक्त अवसरमा बिभिन्न लिम्बू संस्कृति झल्कने विभिन्न साँस्कृतिक कार्यक्रम तथा अन्य मनोरञ्जनात्माक कार्यक्रमहरु- हाजिरीजवाफ (लिम्बू इतिहास, संस्कृति, मुन्धुम,र नेपालको समसामयिक बिषयमा), धान नाच, च्याब्रुङ नाच, पक्लुङ (छेलो) हण्डी फोर, भाले जुधाई आदि को अयोजना गरिएको थियो |
कार्यक्रममा संस्थाको स्थापना कालदेखि संस्थामा तथा समुदायमा योगदान पुराएका भूतपूर्व अध्यक्ष तथा वर्तमान संरक्षक,निश्चल,पिएस निङलेकुलाई ताम्रपत्र प्रदान गरी अभिनन्दन गरिएको थियो भने सुवाष भण्डारी एक गैर लिम्बू भएर पनि यूएई प्रवासमा रही संस्थामा योगदान पुर्याए वापत मानार्थ सदस्य प्रदान गरिएको थियो | यसका साथै संस्थाका आजीवन सदस्यहरुलाई कियाचु नेपाल तथा यूएईको सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो |
उक्त बनभोज कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ केन्द्रद्वारा प्रकाशित संस्थाका भूतपूर्व अध्यक्ष तथा वर्तमान संरक्षक, निश्चल, पिएस निङलेकुको कृति गजलसङग्रह, ‘सिसिफस जीवन’ रङगवादी कवि समदर्शी काँइलाको प्रमुख अतिथ्यमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको थियो | उक्त कार्यक्रमको अध्यक्षता विश्व नेपाली साहित्य महासंघ यूएई शाखाका काबा अध्यक्ष सरोज पङहाङगोले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव राधा घायल अधिकारीले गरेका थिए |
संस्थाका अध्यक्ष सरोज पङहाङगोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ यूएईका प्रथम उपाध्याक्ष पासाङ शेर्पा, तामाङ समाजका अध्यक्ष महेश तामाङ किरात राई यायोक्खाका अध्यक्ष महेन्द्र राई, नेपाली सोसल क्लबका अध्यक्ष सालिक सुबेदी तथा धरान दुबई हेल्पिङ ह्यान्ड्सकि प्रतिनिधि अतिथि रहेका थिए |

