गत मार्च १७, २०१७ श्रीराज लस्सीको सभा हलमा आयोजित, किरात याक्थुङ चुम्लुङ, यूएईको चौथो साधारणसभा मार्फत २०१७-२०१९ कार्यकालकोलागि १५ सदस्यीय नयॉ कार्यसमिति निर्विरोध चयनको गर्दै सम्पन्न भएको छ |
बन्दसत्र र खुल्ला सत्र गरी दुई चरणमा उक्त साधारणसभाको बन्दसत्रको पहिलो चरण निवर्तमान अध्यक्ष सरोज पंहाङगोले अध्यक्षता गरेका थिए |
बन्दसत्रमा संस्थाको संसोधित विधान, संस्थागत आर्थिक तथा प्रशासनिक प्रतिवेदनहरु माथि छलफल गरी पारित गरिए पश्चात अध्यक्षको आसनबाट निवर्तमान कार्यसमिति भंग गरिएको घोषणा पश्चात साधारणसभा संयोजक निश्चल, पिएस लिम्बूले नयाँ कार्यसमिति चयनको लागि सभालाई
अध्यक्षता गरेका थिए |उपाध्यक्ष बाहेक प्राय सबै पदहरुमा एक पद बराबर अन्य पप्रतिष्पर्धी उम्मेदवारहरुको उम्मेदवारी नपरेको लगभग निर्विरोध जस्तै भई सकेको अवस्थामा, उपाध्यक्ष पदका प्रत्यासीहरुलाई आपसी समझदारीको लागि समय दिईदा प्रत्यासी दिपराज नेयोङले राजेशलाई समर्थन गरेकोले साधारणसभा संयोजकले सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरु निर्विरोध चयन भएको घोषणा गरेका थिए | नवगठित कार्यसमितिका पदाधिकारी तथा केन्द्रीयसदस्यहरुलाई संस्थाका सल्लाहकार तथा कवी समदर्शी काँइलालेसपथग्रहण गराएका थिए |
खुल्ला सत्रमा यूएईका बिभिन्न सामाजिक संघसंस्थाबाट आमन्त्रित अतिथिहरुमा नेपाल आदिवासी जनजाति महासंघ, यूएईका अध्यक्ष डीआर तमु, किरात राई यायोक्खा, यूएईका प्रतिनिधि, शेर्पा किदुग यूएईका अध्यक्ष पासाङ शेर्पा, नेपाली सोसल क्लबका अध्यक्ष सालिक सुबेदी, पथरी समाजका अध्यक्ष कृष्ण पौडेल तथा व्यवसायी शैलेन्द्र नाल्बो, पत्रकार प्रिथिछ्क मगर, रमाकान्त बाँस्तोला लगायतका अतिथिहरुले नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए | नयॉ कार्यसमितिको नामावली निम्नानुसार छ ।
- अध्यक्ष- मनिष नाल्बो लिम्बू , शारजाह
- प्रथम उपाध्यक्ष- राजु कुरूङबाङ, दुबई
- दित्तीय उपाध्यक्ष- राजेश लाबुङ, दुबई
- महासचिव -डम्बर लिवाङ, दुबई
- सचिव -निर्मल पन्धाक, अजमान
- कोषाध्यक्ष- योगेश निङलेकु, दुबई
- सह-कोषाध्यक्ष- सुर्य आङदेम्बे दुबई
- केन्द्रीय सदस्य-खड्क सिङजागो, शारजाह
- केन्द्रीय सदस्य-विवस मादेन, दुबई
- केन्द्रीय सदस्य -चक्र सिंगक, दुबई
- केन्द्रीय सदस्य- शर्मिला पन्दाक, दुबई
- केन्द्रीय सदस्य- बिक्रम पन्धाक, दुबई
- केन्द्रीय सदस्य- दिनेश योङहाङ, दुबई
- केन्द्रीय सदस्य- सुमन नेम्वाङ, दुबई
- केन्द्रीय सदस्य- नरमायॉ लक्सम, दुबई


