इलाम जिल्ला चुलाचुली गाउँ पालिका वडा नं ३ निवासी सबिना लिवाङ लिम्बू बिदेशीक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्समा घरेलु कामदारको रुपमा काम गर्न आएकोमा |
रोजगारदाताबाट समयमा तलब नदिने, अनेक वाहानामा मानशिक यातना दिने गरेपछि नेपाली दुतावास अबुधाबीको सरणमा परेकी सबिनाको दुतावास मार्फत तदारुकताकासाथ रोजगारदाता संग सहकार्य गरी, आवश्यक कागजात तयार गरी, नेपाल फर्कन हवाई टिकटको जोहो गर्ने भन्ने सुझाब अनुसार सबिनालाई हवाई टिकटको आवश्यकता समाजसेवी अबुधाबी निवासी उमेश वाबुदुकिख राई मार्फत किरात याक्थुङ चुम्लुङ, युएईका भुतपूर्व अध्यक्ष तथा संरक्षक सदस्य पिएस लिम्बूलाई अवगत भएको थियो |
यसै अनुरुप पिएस लिम्बूद्वारा संस्थाका अध्यक्ष मनिष नाल्बो लिम्बूलाई जानकारी गराई नेपाल फर्कने हवाई टिकट तथा अध्यागमन जरीवाना वावत अनुमानित लागत AED: 1500 किरात याक्थुङ चुम्लुङ, यूएईको पहलमा आर्थिक संकलन गरी, संस्थाका प्रवक्ता दिपराज नेयोङहाङ मार्फत गत जुलाई १६, २०१७को दिन दूतावासमा हस्तान्तर गरिएको थियो |
सबिना लिवाङ लिम्बूले संस्थाका महासचिव डम्बर लिवाङ लिम्बूलाइ जुलाई २५ को दिन नेपालको लागि उडान रहेको जानकारी दिएकी थिइन् |
किरात याक्थुङ चुम्लुङ, यूएई, दुतावास, उमेश राई, तथा सम्पूर्ण सहयोगी मनहरुलाई आभार व्यक्त गर्दछ |


