Oct 22

युएईमा चलचित्र निर्देशक किशोर सुब्बाको सम्मान तथा  बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम सम्पन्न

-सरोज पङ्हाङ्गो (दुबई)

संयुक्त अरब ईमिरेट्स (युएई) मा रहेका लिम्बूहरुले युएईमा रहेका लिम्बू तथा गैर लिम्बू नेपालीहरुको सहभागितामा बलिहाङ तङ्नाम ३७९६, विविध कार्यक्रमहरुको साथ बनभोज खाएर मनाएका छन | किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा सम्पन्न उक्त ‘बलिहाङ तङ्नाम ३७९६, बनभोज कार्यक्रम २०१७’ २०, अक्टुबर – २०१७ शुक्रबारको दिन दुबईको जाबिल पार्कमा सम्पन्न भएको थियो |

बिहान ११ बजेबाट साँझ ७ बजे सम्म नाम्लिङ्गे लारिङ्गे (देउसी भैलो) तथा लिम्बूहरुको मौलिक सांस्कृतिक नाच च्याब्रुङ र धाननाच नाचेर मनाईएको यस कार्यक्रममा बिशेष अतिथि नेपाली चलचित्र निर्देशक किशोर सुब्बा, अतिथिहरुमा नेपाली समाज, युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाली सोसियल क्लब, युएईका अध्यक्ष सालिक सुबेदी, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा, उपाध्यक्ष सरोज पङ्हाङ्गो, किरात याक्थुङ चुम्लुङ, युएईका भुतपुर्ब अध्यक्ष पीएस निङ्लेकू,  तमू समाज, युएई अध्यक्ष उसा तमुस्यो, किरात राई यायोक्खा शाखा, युएईका अध्यक्ष हर्कमणि राई, थारु कल्याणकारी सेवा समाजका

अध्यक्ष किशोर चौधरी, सुनुवार सेवा समाज, युएईका अध्यक्ष नरबहादुर सुनुवार, संघिय लिम्बुवान समाज, युएईका कार्यकारी सदस्य लासाङ निङ्लेकू, ताप्लेजुङ सेवा समाज, युएईका अध्यक्ष दिल्ली लिम्बु र सचिब भवानी माङ्मू, तामाङ समाज, युएईका प्रतिनिधि लगायत युएईमा स्थापित विभिन्न सामाजिक संगठनका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो भने कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ, (चुम्लुङ) युएईका बर्तमान अध्यक्ष मनिष नाल्बोले गर्नु भएको थियो |

 

विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुले सु-सम्पन्न यस कार्यक्रमको औपचारिक कार्यक्रममा लिम्बू समुदायको मौलिक परम्परागत भाषा, धर्म, कला, संस्कृति र भेषभुषा संरक्षण, सम्बर्ध्दन र बिकासको लागि लिम्बू चलचित्रहरु निर्माण गर्दै नेपाली चलचित्र क्षेत्रमा समेत सफल चलचित्र निर्देशकको रुपमा स्थापित हुनु भएका लिम्बू कलाकार संघका अध्यक्ष चलचित्र निर्देशक किशोर सुब्बालाई नेपाल आदिबासी जनजाति महासंघ, युएई, किरात याक्थुङ चुम्लुङ, युएई र ताप्लेजुङ सेवा समाज, युएईले सम्मान पत्र प्रदान गरि दोसल्ला ओडाएर सम्मान गरेको थियो भने चुम्लुङ, युएईका अध्यक्ष मनिष नाल्बोले बीरबहादुर ईधिङ्गो शिवरात्री नाल्बो, दुर्गा लिम्बू थोक्लेन,शान्ता कुरुम्बाङ, बिध्या लिम्बू, राजेश जबेगु, रनु जबेगु, धनबहादुर लिम्बू, गोबिन्द कुमार लिम्बू, सरस्वती इङनाम, सीतादेवी लिम्बू इजम र गजुरसिङ वनेम सहित १२ सदस्यहरुलाई किरात याक्थुङ चुम्लुङ, युएईको आजिबन सदस्यता प्रमाण पत्र वितरण गर्नु भएको थियो |

 

सेलरोटी, सुगुर र लोकल कुखुराको मासु तथा सेकुवा मुख्य खानाको रुपमा रहेको खाजा तथा खानामा अन्य नेपाली परिकारका स्वादिस्ट परिकारको स्वादसंगै कार्यक्रमको अर्को मुख्य आकर्षक खुल्ला सांस्कृतिक तथा खेलकुद प्रतियोगिता  धाननाच, लिम्बू पहिरन, छेलो, हाँडीफोर, भालेजुदाई, मुन्धुम, लिम्बू ईतिहास, लिम्बू भाषा संस्कृतिमा आधारित हाजिरी जवाफ जस्ता कार्यक्रमहरुले थप मनोरन्जन दिएको बलिहाङ तङ्नाम बनभोज कार्यक्रम स्थानीय नियम कानुन तथा प्रवासका विभिन्न समस्याका कारण घर घर गएर नाम्लिङ्गे लारिङ्गे (देउसी भैलो) खेलेर मनाउन सम्भब नभएकोले किरात याक्थुङ चुम्लुङ, युएईको आयोजनामा हरेक वर्ष बलिहाङ तङ्नाम यसरि नै पार्कमा बनभोज खाएर सामुहिक नाम्लिङ्गे लारिङ्गे (देउसी भैलो) लगायत विविध कार्यक्रमहरु आयोजना गरी मनाउदै आएको  कुरा स्पस्ट पार्दै कार्यक्रम आयोजक समितिले आगामी दिनमा पनि यसरि नै निरन्तर  बलिहाङ तङ्नाम बनभोज कार्यक्रमको आयोजना गरि  लिम्बू समुदायको मौलिक भाषा, धर्म, कला, संस्कृति र भेष-भुषा संरक्षण समर्ध्दन तथा बिकासको लागि निरन्तरता दिने जानकारी दिएको थियो |

 

Show Buttons
Hide Buttons
>
Facebook