Nov 04

कियाचु, यूएईले चासोक तङ्नाम ३७९६ बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने

-सरोज पङ्हाङ्गो (दुबई)

“याक्थुङवा/लिम्बूहरुको मौलिक पर्ब चासोक तङ्नाम (न्वागी पूजा) ३७९६ को अवसरमा किरात याक्थुङ चुम्लुङ, (कियाचु) युएईले युएईमा बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ |”

किरात याक्थुङ चुम्लुङ (कियाचु), यूएईका अध्यक्ष मनिष नाल्बो लिम्बूको अध्यक्षतामा  नोभेम्बर ४, २०१७ शुक्रबारको दिन बरदुबईको सिन्धपन्जाब रेष्टुरेन्टको बैठक हलमा बसेको बैठकबाट बृहत चासोक तङ्नाम सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ |

कियाचु, युएईका भुतपुर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार सरोज पङ्हाङ्गोको संयोजकत्वमा प्रमुख सल्लाहकार मनकुमार लाओती (समदर्शी काईंला), सल्लाहकारहरु विजय संयोक र गजबहादुर वनेम (टेक) तथा रनु जबेगू, दीपराज नेयोङहाङ, अमृता लक्सम, लासाङ निङ्लेकू , दुर्गा थोक्लेन, भिमराज कन्दङ्वा, गोबिन्द लुङ्फुङ्वा, मुना ईङ्नाम लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी र कार्यकारी सदस्यहरु सहितको रहेने गरी एक संयोजक समिति गठन गरी उक्त कार्यक्रमको तयारीमा जुटिएको जानकारी गराउदै यस कार्यक्रममा नेपालबाट आउने ३ जना कालाकारहरुको साथमा स्थानीय कलाकार तथा सांस्कृतिक झाँकीहरुको वेजोड प्रश्तुती रहने कुरा  कियाचु, युएईका अध्यक्ष मनिष नाल्बोले स्पष्ट पार्नु भएको छ |

चासोक तङ्नामको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रहरुको आयोजना गर्दै आई रहेको कियाचु, युएईले यस पटकको कार्यक्रम डिसेम्बर ८, २०१७ शुक्रबारको दिन गर्ने निर्णय पारित गर्दै, बैठक मार्फत आयोजक तथा संयोजक समितिले संस्थामा आवद्ध अग्रज मान्यजन, सल्लाहकार, पदाधिकारी, कार्यकारी सदस्य तथा आजीबन सदस्यहरु लगायत कियाचु, युएईका सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई कार्यक्रम सफल, सार्थक, भव्य र सभ्यरुपमा सम्पन्न गर्न गराउन एकजुट भई सहयोग गर्न आव्हान सहित युएईमा रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सहभागिताको लागि हार्दिक अनुरोध समेत गरेको छ |

किरात याक्थुङ चुम्लुङ, युएईले युएईमा हरेक वर्ष मनाउदै आएको चासोक तङ्नाम (न्वागी पूजा) लाई किरात समुदायमा उधौली पर्व भन्ने गरिन्छ भने यस पर्वलाई याक्थुङ लिम्बूहरुले ‘चासोक तङ्नाम’ राई समुदायले ‘साकेला’ सुनुवार समुदायले ‘फोलस्यांदर’ र याक्खाहरुले ‘चासुवा’ भनेर मनाउने गर्दछन | उधौली साकेला पर्वलाई न्वागी पूजा साकेवा, साखेवा, साकेनवा, सिमे, भूमे, फोडस्यान्डर, उधौली र भूमिपूजा आदि नामलेसमेत चिनिन्छ |

 

Show Buttons
Hide Buttons
>
Facebook