Nov 26

ताराप्रकाश लिम्बू, निशा पोमू र यासेली योङ्हाङ ‘चासोक तङ्नाम साँस्कृतिक कार्यक्रम २०१७’ को लागि दुबई आउदै…

किरात याक्थुङ/लिम्बूहरुको महान चाड “‘चासोक तङ्नाम ३७९६” को अवसरमा, किरात याक्थुङ चुम्लुङ (कियाचु), युएईद्वारा आयोजित तथा Everest Media LLC को प्रश्तुतिमा निम्न मिति, स्थान र समयमा “चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७” को आयोजना हुदैछ |

कार्यक्रम विवरण  

  • कार्यक्रम:  चासोक तङ्नाम ३७९६, साँस्कृतिक कार्यक्रम २०१७
  • मिति:  डिसेम्बर १५, २०१७
  • स्थान:  Holiday Inn Hotel, Burjuman Metro Station नजिक Exit 4
  • समय:  बेलुका ४ बजेबाट

प्रमुख कलाकारहरु

उपरोक्त साँस्कृतिक कार्यक्रममा म्युजिक अवार्ड बिजेता संगीतकार तथा पार्श्व गायक ताराप्रकास लिम्बू, मिस लिम्बू प्रथम संस्करण मिस ट्यालेन्ट उपाधि बिजेता, मोडेल तथा नव-नायिका निशा पोमू र ख्याती प्राप्त लिम्बू कलाकार यासेली योङ्हाङको प्रमुख प्रश्तुति रहने छ |

स्थानीय कलाकार तथा अन्य प्रश्तुतिहरु

युएईवासी स्थानीय नेपाली कलाकारहरु गायनमा नन्दु राई, रनु जबेगू, पारस लामा र अमृता लक्सम आदिको प्रश्तुति रहनेछ भने नृत्यमा रोशनी सुब्बा लगायतका ख्याती प्राप्त कलाकारहरुको जोडदार प्रश्तुतिका साथमा लिम्बू, राई लगायत विभिन्न समुदायका मौलिक साँस्कृतिक नृत्यहरु समेत प्रदर्शन रहने संस्थाका अध्यक्ष मनिष नाल्बो लिम्बूले स्पष्ट पार्नु भएको छ |

कार्यक्रमको लागि अनुमती प्राप्त  

Everest Media LLC को प्रश्तुतिमा आयोजना हुन लागेको ‘चासोक तङ्नाम ३७९६ साँस्कृतिक कार्यक्रम २०१७’ कार्यक्रम र कार्यक्रमकोलागि आवश्यक प्रकृया सम्बन्धित निकायबाट पुरा गरी सकेको छ | स्मरण रहोस् Everest Media LLC ले केहि समययता यूएईको विभिन्न शहरहरुमा नेपाली कलाकारहरुको सहभागितामा विभिन्न साँस्कृतिक कार्यक्रमहरुको प्रश्तुत गर्दै नेपाली समुदायमाझ स्थापित भई सकेको छ भने यो संस्था नेपालीहरुकै लगानीमा संचालित एक इभेन्ट कम्पनी हो |

कार्यक्रमको टिकट

कार्यक्रम संयोजक समितिले यस महिनाको अन्त्यसम्ममा कार्यक्रमको लागि टिकट बजारमा ल्याई सकिने जानकारी गराउदै, दर्शक र बजार ब्यवस्थापन सहजीकरण गर्न, मिति नोभेम्बर २४, २०१७ शुक्रबारबाट इच्छुक दर्शकहरुलाई डमी टिकट, जुन कार्यक्रम हल प्रवेश हुनु अगावै कार्यक्रमको टिकटसंग साटी कार्यक्रम हलमा प्रवेश गर्नु पर्नेछ, वितरण पक्रिया सुरुवात गरिएको छ |

 

सामाजिक संघसंस्थाहरुको सहकार्य

कार्यक्रमलाई सफल बनाउन आयोजक संस्थाको आव्हानमा नेपाल आदिबासी जनजाति महासंघ, युएईमा आवद्द संस्थाहरु, ताप्लेजुङ सेवा समाज, युएई आदिको सहयोग रहनेछ |

मिडिया सहकर्मीहरु

प्रचार प्रसारकोलागि मिडिया पार्टनर युएईबाट संचालित अनलाईन मिडियाहरु; मोफसल अनलाईन खबर, प्रवासी अनलाईन खबर, जयल अनलाईन खबर,  नेपालबाट संचालित नयाँ अनलाईन डट कम र युएईका पत्रकारहरु पृथीछक बुढा मगर, रमेश ‘कासी’ खड्का, भवानी माङमूको बिशेष सहयोग रहने आयोजक संस्थाले जानकारी दिएको छ |

अपील

२००५ मा स्थापित किरात याक्थुङ चुम्लुङ युएईले हरेक बर्ष चासोक तङ्नामको अवसरमा साँस्कृतिक तथा कार्यक्रमहरु आयोजनागर्दा, यूएईवासी नेपालीहरुको सहकार्य हुदै आइरहेको छ यसपल्ट पनि समस्त नेपालीहरुलाई कार्यक्रममा सहभागीता जनाई कार्यक्रमलाई भव्यताका साथ सफल पार्न सहयोग गरिदिन सम्पूर्ण सामाजिक संघसंस्था र यूएई बसोवास गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल समेत गरेको छ |

 

Show Buttons
Hide Buttons
>
Facebook