To be updated soon…22
हाम्रा कार्यहरु
ताप्लेजुङ पहिरो-2072
ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग 2072 गत २७ जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग …
भूकम्प पीडित राहत-2072
भूकम्प पीडित राहत वितरण किरात याक्थुङ चुम्लुङ, युएई मार्फत नेपालमा २०७२ बैसाख १२ को दिन गएको महाभूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको किउल गाबिस वडा नम्बर ९ अन्तर्गत ह्योल्मो समुदायका भूकम्प पीडित १३ घर परिवारका माग अनुसार पुनर्वासको लागि २०७२ जेठ १६ का दिन, नेरु २,०००००/- (दुई लाख मात्र ) को जस्ता पाता वितरण गरिएको थियो |
मृगौला पीडित सहयोग
मृगौला पीडित सहयोग यसैगरी १२ जुन २०१५ मा पान्थर जिल्ला नागी निवासी मृगौला रोगबाट पीडित मीरा खेवाहाङलाई स्वास्थ्य उपचारको लागि नेरु. ६८,९१९/- सहयोग रकम प्रदान गरिएको छ भने तेह्रथुम जिल्ला सिम्ले गाबिस वडा नम्बर १ निवासी मृगौला रोगबाट पीडित दुर्गा कुरुम्बाङको स्वास्थ्य उपचारकोलागि संकलित नेरु. ६८,९१९/- स्वर्गीय दुर्गा कुरुम्बाङ स्मृती अक्षय कोष निर्माणको लागि …
चरणवद्ध सहयोग
किरात याक्थुङ चुम्लुङ, यूएईले विभिन्न चरणमा निम्नानुसार आर्थिक सहयोग जुटाई सहयोग प्रदान गरेको छ | पवित्र आङदेम्बे ( पथरी निवासी ) मुटु उपचार आर्थिक सहयोग कलाकार यासेली योङहाङ (पान्थर नागी निवासी ) मृगौला उपचार आर्थिक सहयोग स्व. किरण इवाराम (धनकुटा निवासी ) परिवार आर्थिक सहयोग

