यस संस्थाका उदेश्यहरु निम्नानुसार रहेको छ |
- संस्थाका सदस्य तथा यूएई प्रवासमा रहेका समस्त लिम्वूहरुवीच भातृत्व सम्वन्धको बिकास गर्दै सामाजीक
- एकताको निम्तीस क्दो पहल गर्ने ।
- भाषा, लिपि तथा संस्कृतिको जगेर्ना गर्ने ।
- संस्थाका सदस्यहरुमा तथा यूएई प्रवासमा रहेका लिम्वूहरुवीच आईपर्ने आपत्कालिन समस्याहरुको प्रभावकाररुपले ढंगले हल गर्न सक्दो पहल गर्ने ।
- प्रवासी लिम्वूहरुवीच आएका कुुनैपनि समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने सक्दो पहल गर्ने ।
- यूूएई प्रवासमा रहेका समस्त लिम्वूहरुलाई सकेसम्म कियाचुको सदस्यता वनाउन पहल गर्ने ।
- युएईमा स्थापित अन्य सं–संस्थाहरुसित समन्वयनात्मक सु–सम्वन्ध कायम गरी सामाजीक सहकार्य गर्ने ।
- किरात याक्थुङ चुम्लुङ नेपाल सित समन्वय गरी संस्थाको हितको निम्ती सहकार्य गर्ने ।
- समुदायको हितको निम्ति विभिन्न सृजनात्मक कार्यहरु गर्ने, गराउने ।
- आर्थिक संकलनको लागी विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने ।
- संस्थाकासदस्यहरु बीच ब्यक्तित्व बिकास, शीप बिकास, तथा नेतृत्व बिकासको निम्ती बिभिन्न अन्र्तक्रियात्मक कार्यक्रमहरुको आयोजना गर्ने गराउने ।
- कियाचु यूर्एइको वेवसाईट बनाइ यसको सम्पूर्ण सदस्यहरुको तथ्यांक फोटो सहित वेवसाईटमा राख्ने |
- संस्थाले गरका कार्यहरु समाचार तथा दस्ताबेजको रुपमा संग्रह गर्ने ।
- संस्थाकाप्रतिभावान तथा बिषेस योगदान पु¥याऊने व्यक्तिहरुलाई पहिचान गरि अभिनन्दन गर्ने ।
- संस्थाकोे मुखपत्र (स्मारीका) अर्धबार्षिकरुपमा प्रकाशन गर्ने ।
- संस्थाकासदस्यहरुमद्ये कसैको टोल÷घरमा दैविप्रकोप आइपरेमा पीडित परिवारलाई समुचित राहत संकलनका पहल गर्ने ।
- नेपाली राजदुताबास, यूएईसित समन्वय गरि सामाजिक कार्यमा दुताबाससंग सहकार्य गर्ने र सहयोगात्मक भूमिका निभाउने
- प्रवासमा स्थापित कियाचुहरुसंग सामाजिक समन्वय गर्दै सहकार्य गर्ने ।

