ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग 2072
गत २७ जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको छ |
कियाचु, युएईका वर्तमान कोषाध्यक्ष सुवाश बेघाको संयोजकत्वमा गठीत ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग संकलन समिति’ द्वारा युएईमा रहेका नेपाली दाजु-भाई तथा दिदिबहिनिहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम गत २४ जुलाई २०१५ शुक्रवारको दिन किरात याक्थुङ चुम्लुङ, नेपाल (कियाचु, नेपाल) को केन्द्रीय कार्यालय, काठमाण्डौमा पठाईएको छ |
कियाचु, युएई र कियाचु नेपालको संयुक्त छलफलबाट कियाचु, नेपालका विभिन्न प्रवाश तथा जिल्ला, नगर र गाउँ समितिहरुबाट संकलन 1गरिएको सहयोग रकमलाई एकमुष्ट गरि पहिरो प्रभावित क्षेत्रका सम्पूर्ण पीडित दाजूभाई, दिदिबहिनीहरुमा आवश्यक राहत सामग्री तथा पुनर्स्थापना लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय मुताविक उक्त आर्थिक सहयोग रकम कियाचु, नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौ पठाईएको हो |
स्मरण रहोस २८ जेठ २०७२ को भिषण बर्षा र बाढीका कारण मध्यरातमा गएको पहिरोमा परि ५७ जनाले ज्यान गुमाएका थिए भने कैयौं परिवार घरबार बिहिन भएका छन |

