Oct 16

“चासोक तङनाम” मनाउने

लिम्बूहरूको साझा संस्था, किरात याक्थुङ चुम्लुङ, यूएईले हरेक बर्षझैँ आगामी डिसेम्बर २५, का दिन, “चासोक तङनाम साँस्कृतिक कार्यक्रम” आयोजना गरी मनाउने निर्णय गरेको छ |

संस्थाका अध्यक्ष सरोज पहाङगो लिम्बूका अनुसार, कार्यक्रममा प्रथम नेपाली तारा तथा नेपालका चर्चित पार्श्व गायक दीपक लिम्बू, यूएईमा कार्यरत चर्चित कलाकारहरुका साथै सामुदायिक साँस्कृतिक प्रश्तुतिहरु रहनेछन् |

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीकोलागि किरात याक्थुङ चुम्लुङ, यूएईलको अधिकारिक फेसबुक पेज https://www.facebook.com/chumlunguae  तथा यो साइट समय समयमा हेर्दै गर्नु होला |

 

Aug 08

चुम्लुङ, युएई;आर्थिक सहयोग प्रदान

ताप्लेजुङ बाढी पीडित

गत २७  जेठ– २०७२ मा गएको पहिरोमा परि जन धन गुमाएर घरबार बिहिन भएका ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिभाङ, लिंङ्थेप, खाम्लूङ, सान्थाक्रा र थिङलाबू गाविस निवासी पहिरो पीडितहरुको उद्दार, आवस्यक साथ सहयोग र वासस्थान पुनर्निर्माणको लागि किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई.) द्वारा नेरु. १,७१,८३५/- ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग रकम प्रदान गरिएको छ |

कियाचु, युएईका वर्तमान कोषाध्यक्ष सुवाश बेघाको संयोजकत्वमा गठीत  ‘ताप्लेजुङ पहिरो पीडित आर्थिक सहयोग संकलन समिति’ द्वारा युएईमा रहेका नेपाली दाजु-भाई तथा दिदिबहिनिहरुबाट संकलित उक्त आर्थिक सहयोग रकम गत २४ जुलाई  २०१५ शुक्रवारको दिन किरात याक्थुङ चुम्लुङ, नेपाल (कियाचु, नेपाल) को केन्द्रीय कार्यालय, काठमाण्डौमा पठाईएको छ |

कियाचु, युएई र कियाचु नेपालको संयुक्त छलफलबाट कियाचु, नेपालका विभिन्न प्रवाश तथा जिल्ला, नगर र गाउँ समितिहरुबाट संकलन गरिएको सहयोग रकमलाई एकमुष्ट गरि पहिरो प्रभावित क्षेत्रका सम्पूर्ण पीडित दाजूभाई, दिदिबहिनीहरुमा आवश्यक राहत सामग्री तथा पुनर्स्थापना लागि आर्थिक सहयोग प्रदान गर्ने निर्णय मुताविक उक्त आर्थिक सहयोग रकम कियाचु, नेपालको केन्द्रीय कार्यालय, काठमाण्डौ पठाईएको हो |

स्मरण रहोस २८ जेठ २०७२ को भिषण बर्षा र बाढीका कारण मध्यरातमा गएको पहिरोमा परि ५७ जनाले ज्यान गुमाएका थिए भने कैयौं परिवार घरबार बिहिन भएका छन |

भूकम्प  पीडित

यस अघि किरात याक्थुङ चुम्लुङ, युएई मार्फत नेपालमा  २०७२ बैसाख १२ को दिन  गएको महाभूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको किउल गाबिस वडा नम्बर ९ अन्तर्गत  ह्योल्मो समुदायका भूकम्प पीडित १३ घर परिवारका माग अनुसार पुनर्वासको लागि  २०७२ जेठ १६  का दिन, नेरु २,०००००/- (दुई लाख मात्र ) को जस्ता पाता वितरण गरिएको थियो |

मृगौला पीडित  सहयोग 

यसैगरी १२ जुन २०१५ मा पान्थर जिल्ला नागी निवासी मृगौला रोगबाट पीडित मीरा खेवाहाङलाई स्वास्थ्य उपचारको लागि  नेरु. ६८,९१९/- सहयोग रकम प्रदान गरिएको छ भने तेह्रथुम जिल्ला सिम्ले गाबिस वडा नम्बर १ निवासी मृगौला रोगबाट पीडित दुर्गा कुरुम्बाङको स्वास्थ्य उपचारकोलागि   संकलित नेरु. ६८,९१९/- स्वर्गीय दुर्गा कुरुम्बाङ स्मृती अक्षय कोष निर्माणको लागि प्रदान गरिएको छ |

सरोज पंहाङगो लिम्बू, दुबई ,यूएई

 

Jun 14

पहिरो पीडितहरुका राहत संकलन

ताप्लेजुङ जिल्लाका पहिरो पीडितहरुका लागि, कियाचु, यूएईले राहत संकलन गर्ने

गत २०७२ जेठ २७ गते रातिको भीषण पहिरोका कारण ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, लिङथेप, खाम्लिङ , सान्थाक्रा र थिङलाबु आदि गाविसका पहिरो पीडित स्थानीयहरुलाई परदेशबाट पनि केहि सहयोग गर्ने उदेश्यले, जुन १२,  २०१५ शुक्रबारको दिन  किरात याक्थुङ चुम्लुङ, यूएईका अध्यक्ष सरोज पहाङ्गोको अध्यक्षतामा आपतकालीन बैठक बसी राहत संकलन गर्न ७ सदस्यीय एक राहत संकलन संयोजन समिति गठन गरिएको छ | राहत संकलन समिति

संयोजक – सुभाष बेघा
उप संयोजक – गज ब. वनेम
सदस्य: भवानी मांग्मु
सदस्य: राजेश लाबुंग
सदस्य: मनिष नाल्बो
सदस्य:सन्तोस मांगदेन
सदस्य: महेश्वर वनेम

समितिलाई एकमहिनाभित्रमा संकलन गरी, किरात याक्थुङ चुम्लुङ नेपालमा उक्त सकलित रकम पठाई, किरात याक्थुङ चुम्लुङ नेपालकै पदाधिकारीहरुद्वारा वितरण गराउन सहयोगको लागि अनुरोध गरिने समेत निर्णय भएको छ |

“स्मरण रहोस्  गत बैसाखको महाभूकम्प पीडितको लागि पनि किरात याक्थुङ चुम्लुङ यूएईले सिन्धुपाल्चोक जिल्लाको किउल गाबिस अन्तर्गतको “कोलामा” गाउ (जहाँ १३ घर रहेछन ) मा  कियाचु नेपालकै सहकार्यमा घर बनाउने सामग्री जस्ता पाता बितरण गर्न सफल भएको थियो |”

 

>
Facebook